गौर हत्याकाण्डको आरोपी बबनलाई रास्वपामा रेड कार्पेट, सभापति रविले भित्र्याए पार्टीमा
काठमाडौं : २०६३ चैत ७ गते रौतहटको गौरमा भएको नरसंहारको आरोपी बबन सिंहलाई रास्वपाका सभापति रवि लामिछानेले शुक्रबार पार्टी प्रवेश गराए। रौतहटको गौरमा रहेको राइस मिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र तत्कालीन माओवादीले एकै स्थानमा मञ्च तयार पारी कार्यक्रमको आयोजना गर्दा २७ जना माओवादी कार्यकर्ताको हत्या र दुई जना बेपत्ता भएका थिए।
हत्यामा तत्कालीन जनअधिकारका अध्यक्ष समेत रहेका उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान गर्न सर्वोच्च अदालतले गत भदौ २ गते आदेश दिएको थियो। जाहेरीमा सिंहको नाम समेत छ।
अनुसन्धानको दायरामा रहेका र आपराधिक पृष्ठभूमिका सिंहलाई लामिछानेले पार्टी प्रवेश गराए। बबन २०६४ को पहिलो संविधानसभा निर्वाचनमा रौतहट–१ बाट स्वतन्त्र सांसद निर्वाचित भएका थिए। त्यसपछि उनी एमालेमा सक्रिय थिए। अहिले उनी रास्वपा प्रवेश गरे।
गौर घटनाबारे उकेराको विशेष रिपोर्ट
साउन ३, २०८३ आइतबार २१:३४:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।