राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवा केन्द्र बनाइने : मन्त्री मेहता

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवा केन्द्र बनाइने : मन्त्री मेहता

काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बुढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रलाई विशिष्टीकृत र उत्कृष्ट सेवा केन्द्रका रूपमा विकास गरिने बताएकी छन्।

केन्द्रको शनिबार स्थलगत अनुगमन गर्दै उनले सेवाको गुणस्तर अभिवृद्धि, पूर्वाधार विकास र जडीबुटीको संरक्षणका लागि मन्त्रालयले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

केन्द्रमा उपलब्ध सेवाबारे प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ थियो। मेहताले हर्रो, बर्रो, बोजोलगायत औषधीय जडीबुटीको उत्पादन, संरक्षण र उपयोगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै त्यसनिम्ति मन्त्रालयले सहयोग गर्ने बताइन्। 

साउन २, २०८३ शनिबार २२:३५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।