डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
अमरगढी : डडेल्धुराको अमरगढी नगरपालिका-७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
धनगढीदेखि दार्चुला जाँदै गरेकोे सु प प्र ०१००१ ज १८५० नम्बरको बोलेरो जिप आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए।
मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाउँपालिका-१ का २५ वर्षीय शुभम लोथ्याल र सोही ठाउँका २० वर्षीय हुम लोथ्याल छन्। जिप करिब ५०० मिटर तल खसेको थियो। जिपमा सवार तीन जना घाइते भएका छन्।
घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिप करिब ५०० मिटर तल खसेको जनाइएको छ। जिपमा सवार ३ जना घाइते भएका छन्। घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
साउन २, २०८३ शनिबार ०७:४३:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।