एमबिबिएसमा सर्वोत्कृष्ट डा. प्रार्थनालाई त्रिविको ६ वटा पदक

एमबिबिएसमा सर्वोत्कृष्ट डा. प्रार्थनालाई त्रिविको ६ वटा पदक

काठमाडौंः चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट २०६९ को एमबिबिएस ब्याचकी डा. प्रार्थना सुवेदीलाई त्रिभुवन विश्वविद्यालयले ६ वटा पदबाट सम्मान गरेको छ।

त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थानको वार्षिक दिवस पदक वितरण समारोहमा बिहीबार उनलाई एमबिबिएसको विभिन्न विषयमा त्रिविमा नै सर्वोत्कृष्ट र उत्कृष्ट भएबापत उनलाई सो सम्मान गरिएको हो। 

डा. सुवेदी त्रिवि डा. जिपसिंह मल्ल स्वर्ण पदक, स्वर्गीय वैकुण्ठलाल स्वर्ण पदक, स्वर्गीय मेडिकल छात्रा सुश्री कविता श्रेष्ठ स्वर्ण पदक, प्रा.डा. न्हुत्क्षे रत्न तुलाधर स्वर्ण पदक, डा. रुद्रमान श्रेष्ठ स्वर्ण पदक र वीपी सुवर्ण स्मृति स्वर्ण पदकबाट सम्मानित भएकी हुन्।  

असार ३२, २०८३ बिहीबार २१:०६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।