कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। दोधारा चाँदनी नगरपालिकाका ४५ वर्षीय रणबहादुर सुनारको कुटपिटबाट उनकी ४२ वर्षीया श्रीमती पारु सुनारको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर रावतका अनुसार कुटपिटबाट गम्भीर घाइते भएकी पारुको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो।

बुधबार घरायसी विवादमा कुटपिट हुँदा पारु घाइते भएकी थिइन्। सामान्य चोटपटक लागेका श्रीमान् रणबहादुर र गम्भीर घाइते पारु दुवैलाई बुधबार नै उपचारका लागि दोधाराचाँदनीस्थित नगर अस्पताल लगिएको थियो।

घटनालगत्तै प्रहरीले कुटपिटमा संलग्न रणबहादुर सुनारलाई नियन्त्रणमा लिएको छ। घटनाको थप कारणबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

असार ३२, २०८३ बिहीबार १३:४९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।