निजगढको वाणिज्य संघको हलमा सरकार र मिटरब्याज पीडित निर्णायक वार्तामा

निजगढको वाणिज्य संघको हलमा सरकार र मिटरब्याज पीडित निर्णायक वार्तामा

बारा: निजगढको उद्योग वाणिज्य संघको सभा हलमा मिटरब्याज पीडित र गृहमन्त्रीको टोलीबीच निर्णायक वार्ता सुरु भएको छ। सहमति कार्यान्वयन गर्न सरकारलाई दबाब दिन पैदल मार्च गरिरहेका पीडितहरूसँग वार्ता गर्न गृहमन्त्री मंगलबार बारा पुगेका थिए।

पीडितहरूले सरकारसँग ६ बुँदे माग राखेका थिए। गृहमन्त्रीले तत्काल मिटरब्याज सम्बन्धी तीन आयोगको प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिए पनि बुधवारसम्म प्रतिवेदन सार्वजनिक भएको छैन। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगका प्रतिवेदन गृह मन्त्रालयबाट कार्यान्वयन गर्ने मात्र निर्णय गरेको थियो।

मंगलबार नै निर्णायक वार्ता गर्ने दाबी गरिए पनि दुवै पक्षले गृहकार्यका लागि समय मागेपछि वार्ता बुधवारका लागि सरेको थियो। बुधवार दिउसबाट वार्ता सुरु गर्ने भनिए पनि करिब आठ बजेबाट मात्र वार्ता सुरु भएको हो।

पीडित पक्षले सरकारबाट आश्वासन नभई आफ्नो ६ बुँदे मागमा लिखित प्रतिबद्धताको माग गरिरहेका छन्। उनीहरूले ती मागहरू पुरा गर्ने लिखित प्रतिबद्धता नआए बाराबाट पुन काठमाडौंका लागि पैदल मार्च सुरु गर्ने जानकारी दिएका छन्।

असार ३१, २०८३ बुधबार २१:३१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।