प्रोटोन इ.मास ५ को बुकिङ खुला, अनुमान गरेकै मूल्यमा खरिद गर्न सकिने
काठमाडौं : प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन इ.मास ५’को बुकिङ खुला गरेको छ।
यससँगै कम्पनीले ‘गेस एण्ड बुक द अल न्यु इ.मास ५ एट योर प्राइज’ नामक विशेष योजना सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गत ग्राहकले गाडीको आधिकारिक बजार मूल्य अनुमान गर्नुपर्नेछ। लन्च मूल्यसँग सबैभन्दा नजिकको मूल्य अनुमान गर्ने ग्राहकले आफूले अनुमान गरेकै मूल्यमा गाडी खरिद गर्न पाउनेछन्।
प्रत्येक भेरियन्टबाट ५ जना भाग्यशाली विजेताहरू 'लक्की ड्र' मार्फत चयन गरिनेछ। इ.मास ५ प्राइम २९ लाख ९९ हजारदेखि ३४ लाख ९९ हजार रुपैयाँसम्म छ भने प्रिमियमको मूल्य ३४ लाख ९९ हजारदेखि ३९ लाख ९९ हजारसम्म छ।
इच्छुक ग्राहकले रु. १ लाख बुकिङ रकम जम्मा गरी कम्पनीको वेबसाइट मार्फत आफ्नो भेरियन्ट र मूल्य ‘लक’ गर्न सक्नेछन्।
प्रोटोन र जिलीको सहकार्यमा बनेको यो गाडी नेपालको पहिलो ‘रियर-ह्विल ड्राइभ’ इलेक्ट्रिक कम्प्याक्ट एसयूभी हो। यसले हालै मलेसियामा ‘इलेक्ट्रिक कम्प्याक्ट भेइकल अफ द इयर २०२६’ को अवार्ड समेत प्राप्त गरेको छ।
नेपालमा विद्युतीय सवारीको बढ्दो बजारलाई मध्यनजर गर्दै यो अत्याधुनिक र प्रिमियम फिचर्सयुक्त एसयूभी भित्र्याइएको कम्पनीले जनाएको छ।
असार ३१, २०८३ बुधबार १२:४५:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।