रौतहटमा २८ वर्षीय युवकले आफ्नै शरीरमा लगाए आगो, ३१ प्रतिशत भाग जल्यो
रौतहट : रौतहटका २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा आगो लगाएका छन्।
शरीरको करिब ३१.५ प्रतिशत भाग जलेका उनको अहिले कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी बसन्त गौतमका अनुसार, सहनीलाई उपचारका लागि सुरुमा स्थानीय अस्पताल लगिएको थियो।
त्यहाँबाट उनलाई विहान ४:१५ बजे थप उपचारका लागि बीएण्डबी अस्पतालमा रिफर गरिएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनी केही समयदेखि मानसिक स्वास्थ्यको समस्याबाट गुज्रिरहेको र नियमित औषधि सेवन गरिरहेको खुलेको छ। उपचारको क्रममा उनका बुबा पनि अस्पतालमै सँगै छन्।
प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
असार ३१, २०८३ बुधबार ११:१२:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।