प्रभु बैंकको ऋण दुरुपयोगको आरोपमा समातिए विष्णु पौडेल निकट शशीधर
काठमाडौं : रिसोर्ट बनाउन भनेर बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको आरोपमा प्रहरीले व्यवसायी शशीधर शर्मा पौडेललाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले उनलाई मंगलबार पक्राउ गरेको हो।
उनले रिसोर्ट बनाउन प्रभु बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको प्रारम्भिक अनुसन्धानमा देखिएपछि पक्राउ गरिएको प्रहरीको दाबी छ। पौडेल सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि हिरासतमा रहेका एमालेका उपाध्यक्ष विष्णु पौडेलनिकट व्यवसायीका रूपमा परिचित छन्।
दीपक भट्टको स्वार्थमा व्यवसायीलाई दबाब दिएर सस्तोमा शेयर बेच्न लगाएको लगायतको आरोपमा प्रहरीले असार ८ मा विष्णुलाई पक्राउ गरेको थियो।
असार ३०, २०८३ मंगलबार १९:५८:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।