मिटर ब्याज सम्बन्धी आयोगका प्रतिवेदनहरू तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय

मिटर ब्याज सम्बन्धी आयोगका प्रतिवेदनहरू तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले मिटर ब्याज सम्बन्धी समस्याको अध्ययन गर्न बनेको विभिन्न आयोगहरूको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ती आयोगका प्रतिवेदनहरू तत्काल कार्यान्वयन गर्न गृह मन्त्रालयले तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद्को बैठकले पाँच निर्णय गरेको उनले जानकारी दिए। अन्य निर्णयहरू खेलाडीलाई पुरस्कार दिने लगायतका रहेको उनले सार्वजनिक गरे।

मिटर ब्याज पीडितहरू पैदल मार्च गरेर मधेसबाट काठमाडौं आइरहेका छन्। उनीहरूसँग छलफल गर्न गृहमन्त्री सुधन गुरुङ प्लेनबाट मंगलबार बारा पुगेका थिए। उनले यस अगाडिका तीन आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न निर्देशन दिए पनि प्रतिवेदन भने सार्वजनिक भएको छैन।

असार ३०, २०८३ मंगलबार १७:२९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।