राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणीकरण
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बैठकबाट पारित भई आएका तीन वटा विधेयक प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम मंगलबार ती विधेयकहरू प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयका अनुसार प्रमाणीकरण भएका विधेयकहरूमा विनियोजन विधेयक २०८३, राष्ट्र ऋण उठाउने विधेयक २०८३ र आर्थिक विधेयक २०८३ रहेका छन्।
संघीय संसद्को दुवै सदनबाट पारित भएपछि प्रमाणीकरणका लागि आएका यी विधेयकहरूलाई राष्ट्रपति पौडेलले मंगलबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
असार ३०, २०८३ मंगलबार १७:२१:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।