प्रधानमन्त्रीले आकस्मिक बोलाएको मन्त्रीपरिषद् बैठक सिंहदरबारमा
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले आकस्मिक रूपमा मन्त्रीपरिषद्को बैठक राखेका छन्। नियमित रूपमा सोमबार र बिहीबार मन्त्रीपरिषद्को बैठक बस्ने गरेको छ। नियमित रूपमा सोमबार मन्त्रिपरिषद् बैठक बसेर केही नियुक्ति लगायतका निर्णय गरेको थियो।
यस बाहेक प्रधानमन्त्रीले चाहेको बेलामा मन्त्रीपरिषद् बैठक राख्न सक्छन्। सोही अनुसार शाहले मंगलबार आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक राखेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भइसकेको छ।
असार ३०, २०८३ मंगलबार १६:५९:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।