मिटरब्याज पीडितसँगको वार्तापछि तीन आयोगका प्रतिवेदन सार्वजनिक गर्न गृहमन्त्री गुरुङको निर्देशन

मिटरब्याज पीडितसँगको वार्तापछि तीन आयोगका प्रतिवेदन सार्वजनिक गर्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं : बाराको निजगढमा मिटरब्याज पीडितसँगको दोस्रो चरणको वार्ता पश्चात् गृहमन्त्री सुधन गुरुङले यसअघि मिटरब्याजसम्बन्धी अध्ययनका लागि गठित तीन वटै आयोगका प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएका छन्। 

मिटरब्याज पीडितसँग वार्तामा भएको समझदारी अनुसार गौरीबहादुर कार्की, तेज बहादुर कार्की र बाबुराम रेग्मी नेतृत्वका आयोगहरूले तयार पारेका प्रतिवेदन मंगलबार सार्वजनिक गर्न गुरुङले गृह मन्त्रालयलाई निर्देशन दिएका हुन्।

सरकार र आन्दोलनरत पक्ष दुवैले आ-आफ्नो माग तथा प्रस्तावबारे आवश्यक गृहकार्य गर्ने सहमति भएको छ। मिटरब्याज पीडितहरूले राखेका ६ बुँदे मागका सम्बन्धमा पुनः तेस्रो चरणको वार्ता गर्ने समझदारी भएको छ। 

प्रधानमन्त्री स्तरीय बैठकको निष्कर्ष आएपछि गृहमन्त्री गुरुङ र मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधिहरुबीच पुनः तेस्रो चरणको वार्ता हुनेछ। 

मिटरब्याज पीडितहरूले आफ्ना मागहरूमा लिखित सहमति नभए संघीय राजधानी केन्द्रित ‘पैदल न्याय मार्च’ अभियानलाई निरन्तरता दिने चेतावनी दिएका छन्।

मिटरब्याज पीडितहरूले असार २५ गते जनकपुरधामको ऐतिहासिक तिरहुतियागाछीबाट काठमाडौंसम्मको पैदल न्याय मार्च सुरु गरेका थिए। यस्ता छन् मिटरब्याज पीडितका माग :

असार ३०, २०८३ मंगलबार १६:१०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।