बाढी-पहिरोले देशभरका २१ सडक प्रभावित; ३ राजमार्ग पूर्ण रूपमा ठप्प

बाढी-पहिरोले देशभरका २१ सडक प्रभावित; ३ राजमार्ग पूर्ण रूपमा ठप्प

काठमाडौं : देशका विभिन्न भागमा भएको वर्षाका कारण आएको बाढी र पहिरोबाट आज मध्याह्नसम्म २१ वटा सडकखण्ड प्रभावित भएका छन्।

सडक विभागको पछिल्लो तथ्याङ्कअनुसार तीमध्ये ३ वटा सडक पूर्ण रूपमा अवरुद्ध छन् भने १८ वटा सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेका छन्।

विभागका अनुसार पहिरोका कारण कोशी रोजमार्ग,कान्तिराजपथ, मेचीराजमार्ग र बुर्तीबाङ–ढोरपाटन राजमार्गको केही स्थान अवरुद्ध भएको छ।

विभागका सूचना अधिकारी शुभाञ्जन दाहालले पहिरोकाकारण सडक अवरूद्ध सडक खुलाउन सम्बन्धित कार्यलयले पहिरो पन्छाउने कार्य गरिरहेको जानकारी दिए। जल तथा मौसम विज्ञान विभागले मुलुकको विभिन्न स्थानमा आज पनि भारी वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। 

असार ३०, २०८३ मंगलबार १३:१८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।