चावहिलको रुद्रमति नदीमा १० महिने बालकको शव भेटियो
काठमाडौं : काठमाडौंको चावहिलस्थित रुद्रमति नदीमा एक बालकको शव फेला परेको छ। अन्दाजी ९ देखि १० महिनाको जस्तो देखिने बालकको शव सोमबार वेवारिसे अवस्थामा भेटिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार फेला परेको शवको पहिचान अहिलेसम्म खुल्न सकेको छैन।
‘रुद्रमति नदीमा बालकको शव भेटिएको छ, हेर्दा १० महिना जतिको देखिन्छ,’ एसपी भट्टराईले भने, ‘अहिले शवको पहिचान खुलाउने प्रयास भइरहेको छ।’
प्रहरीले घटनाका बारेमा प्रारम्भिक मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी गरेको छ। बालकलाई कसले र कुन परिस्थितिमा त्यहाँ छाडेको हो भन्नेबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ।
असार ३०, २०८३ मंगलबार १३:११:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।