गोली हानी डकैती गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई प्रहरीले गर्यो सार्वजनिक
महोत्तरी : सोनमा गाउँपालिका- ३ खखना गाउँमा गत जेठ २० गते एक दम्पतीलाई गोली हानी डकैती गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा सम्सी गाउँपालिका-६ का २१ वर्षीय अपरोज शेष, २४ वर्षीय शेष बारिक र गौशाला नगरपालिका-५ का क्रिशकुमार मेस्तर रहेको प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए।
पक्राउ परेका तीन जनासहितको डाँका समूहले स्थानीय रामविश्वास यादवको घरमा सुतिरहेका उनकी छोरी किरण यादवलाई खुट्टामा दुई गोली र ज्वाइँ ईश्वरनारायण यादवलाई दाहिने हातमा एक गोली हानी घाइते बनाएको थियो।
घाइते यादव दम्पतीको स्वास्थ्य अवस्था अहिले सामान्य छ। घटनामा संलग्न अन्य फरार अभियुक्तको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
असार २९, २०८३ सोमबार १८:३३:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।