प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
काठमाडौं : सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा पत्रकार तथा फ्याक्टचेकर उमेश श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ। श्रेष्ठलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काउन्सिलमा नियुक्तिको निर्णय गरेको हो। उनलाई सञ्चारमन्त्रीले नियुक्ति पत्र समेत दिइसकेका छन्।
छापा, टेलिभिजनहुँदै अनलाइन पत्रकारितामा सक्रिय श्रेष्ठ, ब्लगरसँगै पछिल्लो समय फ्याक्टचेकर र पत्रकारिताको प्रशिक्षणको रूपमा सक्रिय थिए। उनी माइसंसार डटकममार्फत निरन्तर ब्लगिङमा सक्रिय छन्।
पहिलोपोस्टको सम्पादकको रुपमा श्रेष्ठले किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनाको खोजमूलक रिपोर्टिङ गरेका थिए। श्रेष्ठले उकेरामा हालसम्म बेपत्ता रहेको छोरीमैँया महर्जनबारे विस्तृत रिपोर्टिङ गरेका थिए।
असार २९, २०८३ सोमबार १७:३८:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।