मिडिया हाउसको गेटमा ‘नाकाबन्दी’ गराउने गाडीसँग जोडिए रास्वपा नेता

मिडिया हाउसको गेटमा ‘नाकाबन्दी’ गराउने गाडीसँग जोडिए रास्वपा नेता

काठमाडौं : सोमबार बिहानै काठमाडौंका सञ्चार गृह प्रवेश गर्ने गेटमा अवरोध गर्दै राखिएका तीन गाडीमध्ये एक गाडी राष्ट्रिय स्वतन्त्र पार्टीका नेतासँग जोडिएको छ। उकेराले यी तीनै गाडी कसको हो भन्ने बुझ्नेक्रममा सवारी दर्ता पुस्तिकाको विवरण फेला परेको छ। 

यी तीनमध्ये कान्तिपुर मिडिया हाउसभित्र सवारीसाधन छिर्नै नसक्ने बनाएर गेट बाहिर राखिएको कालो रंगको बा प्र ०१-०३४ च ८४८० नम्बरको ‘जेको जेसिक्स’ गाडी रास्वपा नेता रवि जैसवालसँग जोडियो। जैसवाल रास्वपा केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्य हुन्।सवारी दर्ता पुस्तिकाको विवरण अनुसार यो गाडी २०८२ जेठ २१ गते चोभार भन्सारबाट पास भएको देखियो। जे३५ किलोवाट क्षमताको विद्धुतय सवारीसाधन रहेको यसको सवारी धनीको नाम,थर र ठेगानाको कोलममा पायोनियर मोटोकर्प काठमाडौं उल्लेख छ। यसको ऋणीमा एसटी मोटर्स र सानीमा बैंक उल्लेख छ। यो २०८३ असार २४ मा विक्री भएको देखिन्छ। सवारी दर्ता पुस्तिकामा उनको नाम छैन। यो गाडी हालै मात्र विक्री भएको देखिन्छ।  

कान्तिपुरको गेटमा अवरोध गर्दै राखिएको गाडी र सो गाडीबारेको विवरण।सोमबार १२ बजेसम्म रविको मोबाइल नम्बर सक्रिय नै थियो। त्यसबेला कान्तिपुर अगाडि अवरोध गर्नेगरी राखेको गाडीको तस्बिर फैलिसकेको थियो। उकेराले यो गाडी उनले प्रयोग गरिरहेको हो या हैन, यदी प्रयोग गरेको हो भने कुन प्रयोजनका लागि सञ्चार माध्यममा प्रवेशमै अवरोध पुग्ने गरेर गाडी रोकेको हो भन्ने जानकारी लिन साढे १ बजेतिर कल गरेको थियो। तर मोबाइल अफ भइसकेको थियो। पुन कल गर्दा पनि अफै थियो।

उनका बाबु  कन्थमणि प्रसाद कलवार (जयसवाल) ले सो गाडी आफ्नो छोरो रवि जयसवालले चढ्ने गरेको पुष्टी गरे। कन्थमणी गरुडा नगरपालिकाका प्रमुख हुन्। उनले उकेरासँग भने "त्यो गाडी मेरो छोराको हो। कहिले उसैले, कहिले ड्राइभरले चलाउँथे।"

यसबारे एसटी मोटर्ससँग सम्पर्क गर्यौ। सञ्जालमा भेटिएको ९७०९०८०३५४ नम्बरमा सम्पर्क गरेर यो गाडी कसले प्रयोग गर्ने गरेको छ भन्नेबारे जानकारी माग्दा कल उठाउने ब्यक्तीले ‘यो कन्फिडेन्सियल हुन्छ, दिन्न’ भने।

हिमालय टिभीमा आवजतजावत गर्न रोक्नेगरी राखिएको गाडी र त्यसको सरकारी विवरण।हिमालय टेलिभिजनको गेटमा पार्किङ गरिएको बा १० च १२५५ नम्बरको कोसन्डा गाडी २०७६ जेठ १६ गतेसम्म राजीवकाजी श्रेष्ठको नाममा देखियो। यो कोरियाको स्याङयोङ कम्पनीले निर्माण गरेको गाडी रहेको सवारी साधन दर्ता पुस्तिका विवरणमा उल्लेख छ।

यो २०६८ फागुन १९ गते नेपाल भित्रिएको थियो। यसलाई कन्स्यान्ट बिजनेस प्रालीले नेपाल ल्याएको देखिन्छ। २०६९ कात्तिक १ गते ड्राइभ लाइन अटो मोबाइलले यो गाडी सानीमा विकास बैंकबाट ऋण लिएर लिएको देखिन्छ। यसमा ज्याठाका राजिवकाजी श्रेष्ठको नाम समेत उल्लेख छ।

अनलाइनखबरको गेट थुन्ने बा १२ च ८५४५ नम्बरको ह्युन्डाई ग्रान्ड आई१० गाडी भने श्रेयण शाहीको नामबाट २०८३ असार १२ गते सुनिल पौडेलको नाममा नामसारी भएको देखिन्छ। यो २०७१ मा नेपालमा भित्रिएर दर्ता भएको देखिन्छ।

अनलाइनखवरमा आवतजावत गर्न अवरोध गर्नेगरि गेटमा राखिएको गाडी र त्यसको विवरण।यो २०७८ मंसिर २ मा काठमाडौं टेकुका श्रेयण शाहीको नाममा देखिन्छ। त्यसपछि २०८३ असार १२ मा मात्र सुनिलको नाममा पास भएको देखिन्छ। उनको ठेगाना काठमाडौं उल्लेख छ। उनको सम्पर्क नम्बरमा कल गर्दा मोबाइल अफ थियो।

असार २९, २०८३ सोमबार १५:५५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।