बागलुङमा घरको पर्खाल भत्किँदा पाँच वर्षीय बालकको मृत्यु
बागलुङ : बागलुङको ढोरपाटनमा घरको पर्खाल भत्किँदा पुरिएर एक बालकको मृत्यु भएको छ।
ढोरपाटन नगरपालिका-२ सलामकोटमा आइतबार साँझ घरको पर्खालले च्यापिँदा बडिगाड गाउँपालिका-५ का ५ वर्षीय आशिष भण्डारीको ज्यान गएको हो।
आफ्नो मावली घर सलामकोटमा बस्दै आएका आशिष आँगनमा खेलिरहेको बेला अचानक पिँढीको मुख्य पर्खाल भत्किएर उनी पुरिएका थिए।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक सुदीप भट्टराईका अनुसार, पर्खालले पुरिएर गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी बुर्तिबाङ प्रादेशिक अस्पताल पुर्याइएको थियो।
तर, अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार कच्ची ठाउँमा लगाएको पर्खाल र घरको भौगोलिक बनावटका कारण अचानक भत्किन पुग्दा यो दुर्घटना भएको हो। मृतक बालकको शव अहिले अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।
असार २९, २०८३ सोमबार ०९:३४:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।