भारतीय नागरिकसँग नेपाली नागरिकता र राष्ट्रिय परिचय पत्र
काठमाडौं : किर्ते गरेर भारतीय नागरिकको नेपाली नागरिकता बनाएको आरोपमा दुई जना पक्राउ परेका छन्। प्रहरीले काठमाडौंबाट मनोजकुमार दास र चन्दन कुमार पक्राउ परेका हुन्।
सर्लाही बरहथवा नगरपालिका ७ का उनी काठमाडौंको पिङ्लास्थानमा बस्ने मनोज कुमार दासले आफ्नो भान्जा नाता पर्ने भारतका चन्दन कुमारलाई जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट नागरिकता बनाएको खुलेको प्रहरीको दाबी छ।
चन्दन र उनको बुबा नेपालमै बस्ने गरे पनि उनीहरू भारतीय नागरिक रहेको खुलेको छ। तर किर्तेको आधारमा २०८२ मंसिर २५ मा उनीहरूले नेपाली नागरिकता र राष्ट्रिय परिचय पत्र समेत बनाएका थिए।
प्रहरीले उनीहरूको साथबाट चन्दन कुमार दासको नागरिकता, राष्ट्रिय परिचय पत्र, प्रहरी सर्टिफिकेटसँगै चन्दन कुमारको भारतीय आधार कार्डसमेत फेला पारेको छ। यसैगरी मनोज कुमार दासको नागरिकताको फोटोकपी, चन्दन कुमारको बुबा अनिल साहको भारतीय भोटर कार्ड समेत फेला परेको छ। प्रहरीले दुबैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
असार २८, २०८३ आइतबार २२:२९:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।