सुकुमबासीको पक्षमा उभिँदा सरकारले अभियन्तामाथि प्रतिशोध साध्यो : जेन-जी फ्रन्ट
काठमाडौं : नेपाल जेन-जी फ्रन्टले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका बाढी प्रभावित सुकुमबासीको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ताहरूलाई सरकारले प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरिएको बताएको छ।
शनिबार एक विज्ञप्ति जारी गरेर फन्टले सुकुमबासीविरुद्ध राज्यदमन विरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका अभियन्ता माजिद अन्सारीलाई सरकारले प्रतिशोध साँध्दै गैरकानुनी ढंगले पक्राउ गरेको भनेको छ।
विज्ञप्तिमा प्रहरीले 'विद्यार्थी भएर राजनीति नगर' भन्दै धम्की दिएको, पक्राउ गर्ने क्रममा कुटपिट गरी शरीरका संवेदनशील अङ्गहरूमा चोट पुर्याई उल्लेख छ। फ्रन्टले पक्राउ परेका अभियन्ताहरूको निशर्त रिहाइ, घाइतेको उपचार, कुटपिटमा संलग्न प्रहरीमाथि कारबाही र सुकुम्वासीहरूको मानवअधिकार सुनिश्चित गर्न माग गरेको छ।

असार २७, २०८३ शनिबार २२:१२:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।