भूमि आयोगका पूर्व उपाध्यक्ष नहेन्द्र खड्का कीर्तिपुरबाट प्रहरी नियन्त्रणमा

भूमि आयोगका पूर्व उपाध्यक्ष नहेन्द्र खड्का कीर्तिपुरबाट प्रहरी नियन्त्रणमा

काठमाडौं :  भूमि आयोगका पूर्व उपाध्यक्ष नहेन्द्र खड्कालाई प्रहरीले कीर्तिपुरबाट नियन्त्रणमा लिएको छ।

सुकुमबासीहरूलाई सरकारविरुद्ध आन्दोलन गर्न उक्साएको आरोपमा उनलाई शनिबार दिउँसो नियन्त्रणमा लिएको हो।

कीर्तिपुरस्थित सत्सङ्गको ठूलो भवनको गेट अगाडिबाट नियन्त्रणमा लिएका खड्का नेपाल कम्युनिष्ट पार्टीका नेता समेत हुन्। उनीमाथि सरकारविरुद्ध प्रदर्शन र आन्दोलनका लागि सुकुमबासीहरूलाई उकासेको आरोप छ।

काठमाडौं जिल्ला प्रहरी परिसरका सूचना अधिकारी पवनकुमार भट्टराईले खड्कालाई नियन्त्रणमा लिएको पुष्टि गरे। भट्टराईले उकेरासँग भने, "उहाँले हुलहुज्जत गर्न खोज्नु भयो, गालीगलौज गर्न खोज्नु भयो। एक छिन होल्डमा लिएको हो।"

असार २७, २०८३ शनिबार १७:२९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।