सर्लाहीमा पनि पेट्रोल छर्किएर एक युवकले लगाए शरीरमा आगो
काठमाडौं : शुक्रबार घरायसी विवादपछि घरबाट निस्किएका सर्लाहीको गोडैता नगरपालिका- १० का ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्।
घरमा भएको विवादपछि घरबाट निस्किएर सडकमा पुगेका मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ।
शरीरमा आगो सल्किएर गम्भीर घाइते भएका मण्डललाई स्थानीय प्रशासन र जनप्रतिनिधिको पहलमा थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदै छ।
सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी दिँदै सर्लाहीका सांसद डा. अमरेशकुमार सिंहले घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याएर उपचार गराउने पहल भइरहेको उल्लेख गरेका छन्।
असार २६, २०८३ शुक्रबार १९:४८:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।