गणेश नेपालीको घटनाको छानबिन गर्न डिआइजीको नेतृत्वमा समिति गठन

गणेश नेपालीको घटनाको छानबिन गर्न डिआइजीको नेतृत्वमा समिति गठन

काठमाडौं : सरकारले गणेश नेपालीको मृत्यु सम्बन्धी घटनाबारे छानबिन गर्न डिआइजीको संयोजकत्वमा समिति गठन गरेको छ। गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभामा बोल्दै नेपाल प्रहरीका डिआइजी गोविन्द थपलियाको संयोजकत्वमा छानबिन समिति गठन गरेको बताए। समितिमा पाँच जना रहेको उनले बताए।

छानबिनका लागि नगर प्रहरीका तीन जनालाई नियन्त्रणमा लिएको जानकारी दिँदै उनले यस्तो घटनालाई राजनीतिकरण नगर्न विपक्षीहरूलाई आग्रह गरे।

असार २६, २०८३ शुक्रबार १६:१८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।