गणेशबारे संसद्को रोस्टममा बोल्न गएका गृहमन्त्री सुधन भावुकहुँदै विपक्षीलाई सरकारबारे सिकाएर फर्किए
काठमाडौँ : प्रतिनिधि सभामा बोल्न समय मागेका गृहमन्त्री सुधन गुरुङ रोस्टममा पुगेर बोल्दै नबोली तल झरे। उनले समय मागेपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न समय दिएका थिए। रोस्टममा पुगेर उनले सम्माननीय भने। त्यसपछि बोल्न सकेनन्।
उनी भावुक भए। बोल्न सकेनन्। उनी केही समय मौन रहे। अनि रोस्टमबाट तल झरेर अर्को कोठामा गए।
उनी केही समय अर्को कोठामा बसेर फर्किएर संसदमा गणेश नेपालीको पक्षमा बोलेका संसदहरूप्रति कटाक्ष गर्दै घाटी सुक्ने गरेर कराएर मात्र केही नहुने र स्टन्ट गर्न पनि नआएको दाबी गर्दै भने सरकार कसरी चल्छ भनेर सिकाउन थाले। उनले अब सरकार कसरी चल्छ भनेर सिकाउने भन्दै गणेश नेपालीको घटनामा ट्राफिक प्रहरीले नभई महानगरीय प्रहरीले ह्विल लगाएको भन्दै प्रश्न सोधे "स्थानीय सरकार कसको छ, प्रदेश सरकार कसको छ?"
उनले आफूहरूले पहिला बनेको कानुन कार्यान्वयन मात्र गराएको दाबी गर्दै बोल्दा मर्यादा पुर्याएर बोल्न आग्रह गर्दै भने "कहिलेकाँही हेर्दा गाह्रो हुन्छ।"
गणेशको उपचारका लागि रातभर प्रयास गरेको र थप उपचारका लागि एयर एम्बुलेन्सबाट भारत लैजान नेपालस्थित भारतीय दूतावासमार्फत भारतको एम्स अस्पतालसँग सहकार्य गरेको बताए। तर गणेशको स्वास्थ्य अवस्था स्थिर नभएपछि एयर एम्बुलेन्सबाट भारत लैजान नसकेको भन्दै प्रश्न सोधे "काठमाडौं महानगरपालिकाको नेतृत्वमा को छ?"
उनले आफूहरू अगाडि-पछाडि क्यामरा बोकेर स्टन्ट गर्दै नहिँडेको दाबी गर्दै आफूहरू क्यामरा लिएर नहिँड्ने बरु क्यामरासँग डराउने दाबी गरे।
असार २६, २०८३ शुक्रबार १६:११:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।