गणेशबारे यस्तो छ प्रहरी रिपोर्टिङ
काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भयो।
बिहीबार दिउँसो काठमाडौं महानगरपालिकाको नगर प्रहरीले पार्किङमा रहेको उनको मोटरसाइकलमा ‘ह्विल लक’ लगाइदिएपछि उत्पन्न विवादका कारण उनले आत्मदाहको प्रयास गरेका थिए।
गम्भीर अवस्थामा वीर अस्पताल पुर्याइएका उनको उपचारकै क्रममा निधन भएको उपचारमा संलग्न डा. अपार लामिछानेले उकेरासँग पुष्टि गरे।
मुगुको सोरु गाउँपालिका घर भई भक्तपुर बस्दै आएका नेपाली काठमाडौंमा राइड सेयरिङको काम गर्थे।
प्रहरीको प्रारम्भिक रिपोर्ट अनुसार उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका थिए। घटनास्थलमा रहेका प्रहरीले उनलाई तत्काल ट्याक्सीमा राखेर अस्पताल पुर्याएका थिए।
यस घटनाबारे प्रहरीको दैनिक घटना दर्ता पुस्तिकामा गरिएको आधिकारिक रिपोर्टिङ जस्ताको त्यस्तै:
असार २६, २०८३ शुक्रबार १३:४३:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।