चितवनको भरतपुरमा ५० वर्षीय लामिछाने मृत फेला
चितवन : चितवनको भरतपुर महानगरपालिका वडा नं. १४ मा एक व्यक्ति मृत फेला परेका छन्।
स्थानीय केरुङ्गा घोलको पुल छेउको बाटोमा ५० वर्षीय यमप्रसाद लामिछाने बिहीबार बिहान मृत अवस्थामा भेटिएका हुन्।
बिहीबार बिहान करिब ७ बजे बाटोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गीतानगरबाट प्रहरी निरीक्षक सागर भुषालको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान र मुचुल्का सम्पन्न गरी शवलाई पोस्टमार्टमका लागि भरतपुरस्थित सरकारी अस्पताल पठाएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, पोस्टमार्टम प्रक्रिया सकिएपछि बिहीबार राति ८ बजे शवलाई अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइएको छ।
घटनाको प्रकृति र कारणबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।
असार २६, २०८३ शुक्रबार १०:३९:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।