यात्रुलाई अनावश्यक दुःख दिने कार्यमा संलग्न १७ जना पक्राउ
काठमाडौं : सर्वसाधारण तथा यात्रुलाई दुःख, हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ।
उक्त अभियोगमा प्रहरीले काठमाडौं बल्खु बस्ने काभ्रेपलान्चोक धुलिखेल नगरपालिका-१ घर भएका ३५ वर्षीय सुमन लामासमेत १७ जनालाई पक्राउ गरेको हो।
लामो समयदेखि बल्खु क्षेत्रमा हिँडिरहेका सर्वसाधारण तथा यात्रुहरूलाई जबरजस्ती गाडीमा हाल्ने, सामान तथा झोला तान्ने र दुःख हैरानी दिने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निजहरूलाई बल्खु क्षेत्रबाट पक्राउ गरेको हो।
असार २५, २०८३ बिहीबार २२:०९:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।