औषधिमा भ्रष्टाचार गरेको आरोपमा निजामती अस्पतालका आठ कर्मचारी विरुद्ध मुद्दा, दुई करोड ९१ लाख बिगो

औषधिमा भ्रष्टाचार गरेको आरोपमा निजामती अस्पतालका आठ कर्मचारी विरुद्ध मुद्दा, दुई करोड ९१ लाख बिगो

काठमाडौँ :  निजामती कर्मचारी अस्पतालको फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले औषधी आपूर्तिकर्तासँग साँठगाँठ गरी अस्पतालमा औषधीको आपूर्ति नै नभई बिल बिजक सफ्टवेयरमा इन्ट्री गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालका आठ जना कर्मचारी  विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।

अख्तियारले दायर गरेको आरोप पत्रमा औषधिको भ्रष्टाचारमा संलग्न कर्मचारीलाई कैद सहित  दुई करोड ९१ लाख ३४ हजार बिगो मागदाबी गरिएको छ।अख्तियारले निजामती अस्पतालको फार्मेसी फार्मेसी युनिट इन्चार्जहरू दिनेश पन्तदीपा ढुङ्गानालवेन्द्र कुँवरदीपक सापकोटास्टोर किपर विनोद पोखरेलकेशवराज न्यौपानेशर्मिला श्रेष्ठ र फार्मेसी सहायक सन्दीप तिवारी विरुद्ध कैद सजाय र बिगो रकम माग दाबी सहित विशेषमा आरोप पत्र दायर गरेको हो।

निजामती कर्मचारी अस्पतालको फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले औषधी आपूर्तिकर्तासँग साँठगाँठ गरी अस्पतालमा औषधीको आपूर्ति नभै बिल बिजक सफ्टवेयरमा इन्ट्री गरी ठूलो रकम भ्रष्टाचार गरेको अख्तियारले विशेष अदालतमा दायर गरेको आरोप पत्रमा उल्लेख छ।

अस्पतालको स्टोर शाखा र भ्याङ्गमा करोडौँ औषधी म्याद गुज्रेर फालिएको अवस्थामा रहेको र कम्प्युटरमा स्टक देखाएको औषधी यथार्थमा मौज्दात नरहेको भन्नेसमेतको उजुरीका आधारमा अनुसन्धान गरिएको अख्तियारले जनाएको छ।

अस्पताल फार्मेसी सेवा निर्देशिकामा उल्लेख भएबमोजिम प्रत्येक आर्थिक वर्षको अन्त्यमा फार्मेसीमा खरिद भएको अद्यावधिक परिमाणविक्री भएको परिमाण तथा बाँकी परिमाणको सन्तुलन परीक्षण तयार गर्नुपर्ने प्रावधान भए पनि सन्तुलन परीक्षण तयार नगरे/ नगराएको समेत महालेखा परीक्षकको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदनको बेहोराबाट पुष्टि भएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार आपूर्तिकर्ता फर्म र अस्पतालबीच भएको सम्झौताका सर्तबमोजिम चार महिना मात्र म्याद भएका तथा बिक्री नभई म्याद गुज्रिएका औषधी तथा औषधीजन्य सामग्री प्रतिस्थापन गर्न फार्मेसी युनिट इन्चार्जलाई त्यस्तो औषधी तुरुन्त फिर्ता गर्ने भनी अस्पतालका कार्यकारी निर्देशकले जिम्मेवारी दिएको थिए। तर,फिर्ता नगरी शोधभर्ना नलिई सरकार तथा सार्वजनिक संस्था निजामती अस्पतालको सम्पत्ति हिनामिना र हानि नोक्सानी दुरुपयोग गरे गराएको पुष्टि भएको देखिएको सम्झौताको अख्तियारले जनाएको छ।

सम्झौताको सर्तमा म्याद सकिएका औषधी तथा औषधीजन्य सामाग्रीहरूको शोधभर्ना नगरेको खण्डमा उक्त मूल्य बराबरको रकम सम्बन्धित फर्महरूको धरौटी रकमबाट कट्टी गरिने व्यवस्था भएको अख्तियारले जनाएको छ। औषधी तथा औषधीजन्य सामाग्री आपूर्तिकर्ता फर्मले धरौटी फिर्ताका लागि निवेदन पेस समेत गरेका थिए।  धरौटी फिर्ता गर्नु पूर्व लेखा शाखाले फार्मेसी शाखालाई धरौटी फिर्ताका लागि निवेदन पेस गर्ने फर्मको फार्मेसी स्टोरमा म्याद गुज्रेका तथा फिर्ता गर्नुपर्ने औषधी तथा औषधीजन्य सामाग्री रहे नरहेको भनी जानकारी तथा राय माग गरेका थिए।

तरफार्मेसी शाखाका जिम्मेवार पदाधिकारी तथा कर्मचारीले फार्मेसी स्टोरमा म्याद गुज्रेका औषधी तथा औषधीजन्य सामाग्री हुँदाहुँदै बदनियत राखी म्याद गुज्रेका तथा फिर्ता गर्नुपर्ने औषधी तथा औषधीजन्य सामाग्री नरहेको भनी लिखित जानकारी दिएको अख्तियारले जनाएको छ।

औषधी तथा औषधीजन्य फर्महरूको कट्टी हुनुपर्ने तथा गरिनुपर्ने धरौटी कट्टी नभई फिर्ता गरे गराएका समेतका निजामती अस्पतालका मेडिकल डिभिजन प्रमुखको नेतृत्वको समितिले विस्तृत विश्लेषण गरेर प्रतिवेदन पेस गरेको अख्तियारले जनाएको छ। सो पेस गरेको प्रतिवेदनमा उल्लेख भए अनुसार दुई करोड ९१ लाख ३४ हजार पाँच सय ४७ रुपैयाँ ३० पैसा बराबरको सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्याएको देखिएकाले उक्त कार्यमा संलग्न प्रतिवादीउपर विशेष अदालतमा आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ। 

असार २४, २०८३ बुधबार २३:१९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।