प्रहरी पृष्ठभूमीका रास्वपा सांसदले संसदमा भने : तरकारी बेच्न हिँडेका किसानले ट्राफिकलाई नगद दिएर खुसी पार्नुपर्छ
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शम्भु प्रसाद ढकालले कृषिजन्य सामग्री बोकेको गाडीले चोक चोकमा ट्राफिक प्रहरीलाई नगद(घुस) बुझाउनु पर्ने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको संसदमा बुधवार उनले सरकारका अङ्गहरू नागरिकलाई दुखै दिन बने जस्तो भएको भन्दै तरकारीदेखि मौरी चराउन बोक्दा समेत ट्राफिकलाई घुस बुझाउनु पर्ने अवस्था रहेको बताएका हुन्।
"किसानहरू गाडीमा माछा हालेर बेच्न लगे पनि,मौरी चराउन, बारीको तरकारी बेच्न लैजाँदा पनि प्रत्येक चोकमा ट्राफिक प्रहरी नगदले खुसी नपारी सुख छैन भन्छन्," उनले भने "तराईको गर्मीले खेत सुख्खा छ। रासायनिक मल सुँघाउन पनि पुग्दैन। सिँचाइ गर्न मोटर चलाउन बत्तीको लाइन छैन।"
ढकालको पृष्ठभूमी सुरक्षाकर्मी हो। उनी नेपाल प्रहरीमा लामो समय काम गरेर पछि राजनीतिमा सक्रिय भएका थिए। मालपोत, नापी वा यातायात कार्यालयमा सेवा लिन जाँदा एक दिनको काम तीन दिन लगाएर सास्ती दिने गरेको भन्दै उनले संसदमा सरकारका सबै अङ्गहरू जनतालाई दुःख दिनका निमित्त परिचालित भएका हुन्? भन्दै प्रश्न सोधेका थिए।
असार २४, २०८३ बुधबार १९:२०:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।