एन्फा प्रतिबन्ध भुलेर  विश्वकपको सपनामा बालेन !

काठमाडौं : फिफा विश्वकप सुरु भएसँगै समर्थक टिमबारे प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमा लेखे "धेरै जना साथी भाइले सोध्नुभयो तपाईँको वर्ल्ड कपमा तपाईँको फेवरेट देश कुन ? मेरो फेवरेट देशले खेलेकै छैन !" 

उनको पोस्टमा कतिले 'भारत हो' भनेर कमेन्ट गरेर जिस्काए पनि उनको आशय नेपाली फुटबल टिम विश्वकपमा पुगे मात्र समर्थन गर्ने देखिन्छ। तर यो सम्भव छ त?

विश्वको सबैभन्दा धेरे जनसंख्या भएको भारत र चीन विश्वकपका दर्शक मात्र बन्दा पाँच लाख जनसंख्या भएको केप भार्डेले यस पटक विश्वकपमा मच्चाएको तहल्काले विश्वकपको सपना देखिरहने नेपालीका लागि एक आशाको त्यान्द्रो त बन्यो। 

के नेपालले पनि फुटबलको विश्वकप खेल्न सक्छ त? राखेपमा स्वयम् सेवकका रूपमा आबद्ध चिकित्सक अनि स्पोर्ट्स मेडिसिन विज्ञ डा.पदमबहादुर खड्का यो विश्वकपबाट कत्रो देश अनि कति जनसंख्या छ भन्ने पक्ष गौण भए पनि नेपालका लागि भने सपना देख्न अवस्था पनि नभएको बताउँछन्।

विश्वकपको रोमाञ्चकतामा विश्वका फुटबल प्रेमी रमिरहँदा यता आफ्नै देशमा फुटबलको सर्वोच्च संस्था नै निलम्बनमा परेको पीडामा विश्वकप हेर्नु परेको भन्दै उनले यदि सरकार गम्भीर भएर खेल नीति र रणनीति बदल्ने हो भने नेपाली खेलाडीमा विश्वकपसम्म पुग्ने क्षमता भने रहेको उनी बताउँछन्। कसरी, अनि कुन कुन नीति बदल्न आवश्यक छ त? उनै खड्कासँग उकेराकर्मी अमृत पुडासैनीले विश्वकप र नेपाली फुटबलमा केन्द्रित भएर गरेको विशेष कुराकानी।

असार २२, २०८३ सोमबार २०:३३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।