सोमबार २२ असार, २०८३
नेपाल स्टक एक्सचेन्जका सीईओले चुडामणीले दिए राजीनामा, अर्थमन्त्रीले गरे तत्काल स्वीकृत
काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणी चापागाईँले सोमबार राजीनामा दिएका छन्। सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उनले राजीनामा बुझाएका हुन्।
उनलाई राजीनामा दिन दबाब बढिरहेको थियो। तर राजीनामा पत्रमा भने व्यक्तिगत कारणले राजीनामा दिएको उल्लेख छ। उनको राजीनामा पत्र पाए लगत्तै अर्थमन्त्री वाग्लेले राजीनामा स्वीकृत गरेका थिए। उनलाई सरकारले २०८१ चैतमा सिइओमा नियुक्त गरेको थियो।
असार २२, २०८३ सोमबार १८:४१:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।