सम्पत्ति छानबिन आयोगमा ११ हजार बढी उजुरी
काठमाडौं : सरकारले वि.सं. २०६२/६३ पछि सार्वजनिक पद धारण गरेका उच्चपदस्थहरूको सम्पत्ति छानबिन गठित सम्पत्ति छानबिन आयोगले ११ हजारभन्दा बढी सम्पत्ति विवरण र उजुरी संकलन गरेको जनाएको छ।
सरकार गठनको भएको सय दिन भएको अवसरमा शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता प्रवक्ता सस्मित पोखरेलले आयोगमा प्राप्त सम्पत्ति विवरण र उजुरीहरूको अभिलेखीकरण, वर्गीकरण र प्रारम्भिक विश्लेषणको काम भइरहेको जानकारी दिए।
छानबिनका क्रममा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएमा आयोगले प्रचलित कानुन बमोजिम कारबाहीका लागि सरकार समक्ष सिफारिस गर्ने उनले बताए। प्रशासनिक र संस्थागत संरचना तयार गरी अनुसन्धान प्रक्रियालाई तीव्रता दिएको विषयलाई सरकारले आफ्नो मुख्य उपलब्धिको रूपमा प्रस्तुत गरेको छ।
असार २०, २०८३ शनिबार १७:२९:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।