सरकारका सय दिनका उपलब्धि सार्वजनिक गर्न आएनन् प्रधानमन्त्री वालेन्द्र
काठमाडौं : वालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको एक सय दिन पूरा भएको अवसरमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारका उपलब्धिहरू सार्वजनिक गरिरहेका छन्।
शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलन गरेर उनले सरकारका सय दिनका उपलब्धि सार्वजनिक गरेका हुन्।
विगतमा प्रधानमन्त्री आफैँले उपलब्धि सार्वजनिक गर्ने प्रचलन रहे पनि यस पटक सरकारका प्रवक्ता पोखरेलले उपलब्धि सार्वजनिक गरेका छन्।
वर्तमान सरकारले कार्यभार सम्हाले लगत्तै आफ्नो कार्यकालका लागि तय गरेको कार्यसूचीका आधारमा सम्पादन भएका कामहरूका बारेमा पत्रकार सम्मेलनमा संक्षिप्त रूपमा मात्र जानकारी दिइएको छ।
वर्तमान सरकारले गठन लगत्तै सय दिने कार्यसूची तयार पारेर आफ्ना कामहरू अगाडि बढाएको थियो।
असार २०, २०८३ शनिबार १६:०८:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।