पेट्रोलियम पदार्थको मूल्य घटेसँगै दुई प्रतिशते घट्यो सार्वजनिक यातायातको भाडा

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै दुई प्रतिशते घट्यो सार्वजनिक यातायातको भाडा

काठमाडौं : गत असार १७ गते मध्यरातदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर बिहीबारदेखि नै लागू हुने गरी दुई प्रतिशतले घटेको छ। 

यातायात व्यवस्था विभागले बिहीबार सार्वजनिक सूचना जारी गरेर सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले घटाएको हो।

विभागले पछिल्लो पटक भाडादर समायोजन गर्दा भएको डिजेलको औसत मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा रहेको थियो भने गत असार १७ गतेदेखि भने १९३ रुपैयाँ ८३ कायम भएकाले स्वचालित प्रणालीअनुसार नयाँ भाडा समायोजन गरिएको जनाएको छ।

यसअघि विसं २०८३ वैशाख १२ गतेको मन्त्रिस्तरको निर्णयअनुसार सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडा पाँच प्रतिशतले वृद्धि गरेको थियो।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले विभागले सार्वजनिक यातायात र मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले घटाएको बताए। 

असार १८, २०८३ बिहीबार १८:१०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।