पूर्वअर्थमन्त्री पौडेललाई थप छ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप छ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बिहीबार पौडेललाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन तेस्रोपटक म्याद थप गरेको हो। यसअघि अदालतले पहिलोपटक सात दिन र दोस्रोपटक तीन दिनको म्याद दिएको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई गत असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। विभागले म्याद थपका लागि बिहीबार अदालतमा पेस गरेको थियो।
असार १८, २०८३ बिहीबार १५:३६:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।