त्रिशूलीमा हामफाल्न पुलको लठ्ठा चढेका युवकले उद्धारपछि भने- ‘चप्पल त मेरो माथि नै छ’
काठमाडौं : प्रहरीले त्रिशूली नदीमा हामफाली ज्यान दिन लागेका एक युवकको उद्धार गरेको छ।
आबुखैरेनी-४, मुग्लिङस्थित पुरानो पुलको लठ्ठामा उक्लिएर त्रिशूलीमा हामफाल्न लागेका ३२ वर्षीय युवकलाई प्रहरीले उद्धार गरेको हो।
उद्धारका क्रममा प्रहरीसँग ती युवकले आफ्नो घर दाङको राजपुर गाउँपालिका–१ भएको र नाम विशाल घर्तीमगर बताएका छन्।
उनले आफ्नो पारिवारिक समस्याका कारण ‘मर्न हिँडेको’ बताउँदा प्रहरीले त्यो समस्या हामी समाधान गरिदिन्छौँ भन्दै फकाउँदै उद्धार गरेको सार्वजनिक भिडियोमा देखिन्छ।
आबुखैरेनीमा निर्माण मजदुरी गरिरहेका उनलाई अहिले इलाका प्रहरी कार्यालय, आबुखैरेनीमा राखिएको छ।
उद्धार गरेर प्रहरीले लैजाने अरु सबैको जुत्ताचप्पल लगाएर आफू मात्र नाङ्गो गोडा देखेपछि ‘चप्पल त मेरो माथि नै छ’ भनेका थिए।
असार १७, २०८३ बुधबार १४:११:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।