कर्मचारी सरुवा अब अनलाइनबाट मात्रै; मन्त्रालयले ल्यायो नयाँ सफ्टवेयर
काठमाडौं : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई व्यवस्थित बनाउन अनलाइन सरुवा सफ्टवेयर प्रणाली कार्यान्वयनमा ल्याएको छ।
अबदेखि सरुवाको निवेदन अनलाइनमार्फत मात्र बुझिने र अन्य कुनै पनि माध्यमबाट प्राप्त हुने निवेदनमाथि कारबाही नहुने मन्त्रालयले जनाएको छ।
सरुवा प्रक्रियालाई आधुनिक, पूर्वानुमानयोग्य र पारदर्शी बनाउने उद्देश्यले उक्त प्रणाली विकास गरिएको मन्त्रालयले जनाएको छ।
सूचनाअनुसार सरुवाका लागि इच्छुक कर्मचारीले अनिवार्य रूपमा प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गरी सोहीमार्फत आवेदन पेस गर्नुपर्नेछ।
यसअघि प्रचलनमा रहेका कागजी वा अन्य भौतिक माध्यमबाट दिइने सरुवाका निवेदनहरूउपर अब कुनै कारबाही नहुने मन्त्रालयले जनाएको छ।

असार १६, २०८३ मंगलबार २१:३०:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।