सडक छेउको मचानमा बसिरहेका दुई युवा गोलीसहित पक्राउ

सडक छेउको मचानमा बसिरहेका दुई युवा गोलीसहित पक्राउ

सप्तरी : सप्तरीको बलानबिहुल गाउँपालिका-३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल गाउँपालिका-३ का ३२ वर्षीय सुभाषकुमार पासमान र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए।

प्रहरी चौकी बेल्हीबाट खटिएको प्रहरी टोलीले बलान बिहुल गाउँपालिका-३ स्थित टिकुलिया-बेल्ही सडकखण्डमा बाँसको (टहरा) मचानमा बसेको अवस्थामा शङ्कास्पद उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता घिमिरेले बताए।

उनका अनुसार शरीर खानतलासीका क्रममा सुभाषकुमार पासमानको साथबाट ‘आठ एमएम’ लेखिएको दुई राउन्ड गोली बरामद भएको जानकारी दिए। प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई खरखजानासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।

असार १२, २०८३ शुक्रबार २१:५२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।