रास्वपाको उपसभापतिमा सोविता गौतम निर्वाचित
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापति पदमा सोविता गौतम निर्वाचित भएकी छन्। चितवनमा जारी पार्टीको पहिलो महाधिवेशनबाट शुक्रबार डा. तोसिमा कार्कीलाई पराजित गर्दै गौतम उपसभापतिमा चुनिएकी हुन्।
निर्वाचन समितिका अनुसार गौतमले ७८९ मत प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी कार्कीले ५७२ मत पाइन्।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री समेत रहेकी गौतम यसअघि पार्टीको केन्द्रीय सचिवालय सदस्य थिइन्। अर्का उपसभापति पदमा भने स्वर्णिम वाग्ले यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
पदाधिकारीको लागि भएको मतदानमा जम्मा एक हजार २८९ प्रतिनिधिले मात्र मतदान गरेका थिए। केन्द्रीय सदस्यका लागि दुई हजार ९५९ मत खसेको थियो।
असार १२, २०८३ शुक्रबार १९:०८:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।