रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्। चितवनको भरतपुरमा जारी पार्टीको पहिलो महाधिवेशनअन्तर्गत शुक्रबार भएको निर्वाचनबाट आचार्य खुलातर्फको महामन्त्रीमा चुनिएका हुन्।
महामन्त्रीमा आचार्य ६७३ मत ल्याएर विजयी हुँदा मनिष झा ३४६ मत ल्याएर पराजित बने। महामन्त्रीमा आचार्य र झासहित सागर ढकाल, गणेश कार्कीबीच प्रतिस्पर्धा भएको थियो। महामन्त्री पदका लागि सुरुमा १० जनाले उम्मेदवारी दर्ता गराएका थिए।
तर, कवीन्द्र बुर्लाकोटी, रन्जु दर्शना, गणेश पराजुली, राजु पाण्डे, जगदीश खरेल र प्रमोद न्यौपानेले उम्मेदवारी फिर्ता लिँदै आचार्यलाई समर्थन गरेका थिए। प्रतिनिधि सभा सदस्य रहेका आचार्य यसअघि पार्टीको सहमहामन्त्रीको जिम्मेवारीमा थिए।
असार १२, २०८३ शुक्रबार १८:५९:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।