संसदमा फेरि टाँसियो बैठक सरेको सूचना

संसदमा फेरि टाँसियो बैठक सरेको सूचना

काठमाडौं : शनिबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारण देखाउँदै फेरि सारिएको छ। बैठक अब आगामी असार १४ गते (आइतबार) बिहान ११ बजे बस्ने गरी तय गरिएको छ।

संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी सूचनाअनुसार सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारेका हुन्।

यसअघि शुक्रबारका लागि तय भएको बैठक पनि नबसी शनिबारसम्मका लागि सारिएको थियो। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको कारण सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अधिकांश सांसदहरू चितवनमा छन्। 

असार १२, २०८३ शुक्रबार १६:५२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।