विराटनगर पुगेर प्रचण्डले भने : प्रचण्डको अन्तिम क्रमभङ्ग हेर्नुस्, अब कस्तो हुन्छ
विराटनगर : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल सहकार्य सुरु हुने दाबी गरेका छन्। उनले पार्टी एकता वा अन्य कुनै मोडलको सहकार्य के हो भन्ने खुलाएनन्। विराटनगरमा शुक्रवार आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले भने "प्रचण्डको अन्तिम क्रमभङ्ग हेर्नुस्, अब कस्तो हुन्छ।"
प्रचण्डले वामपन्थी एकतामा जोड दिँदै आएका छन्। तर शुक्रवार उनले वामपन्थी मात्र नभई लोकतान्त्रिक शक्तिसँग पनि सहकार्य गर्ने बताए। उनले यसका लागि जसपा नेपालसँग छलफल भइरहेको खुलाए। तर पार्टी एकताको छलफल हो या सहकार्यको भन्नेबारे खुलाएनन्। उनले आफ्नो पार्टीको महाधिवेशनमा अर्को क्रमभङ्ग हुने दाबी गरे।
असार १२, २०८३ शुक्रबार १५:१५:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।