रास्वपा महामन्त्रीको दौडबाट कविन्द्र बुर्लाकोटी बाहिरिए

रास्वपा महामन्त्रीको दौडबाट कविन्द्र बुर्लाकोटी बाहिरिए

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको निर्वाचनका लागि निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन्।

निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारहरूको प्रारम्भिक नामावलीमा उनको नाम समावेश भए तापनि अन्तिम नामावली प्रकाशन हुँदा बुर्लाकोटीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।

यसअघि महामन्त्रीको दाबेदारीबाट परराष्ट्रमन्त्री शिशिर खनाल र नेता जगदीश खरेल पछि हटिसकेका छन्।

बुर्लाकोटीले पनि उम्मेदवारी फिर्ता लिएसँगै अब रास्वपाको महत्वपूर्ण एक महामन्त्री पदका लागि ८ जना नेताहरू चुनावी मैदानमा बाँकी रहेका छन्।

सार्वजनिक अन्तिम नामावली अनुसार महामन्त्रीका लागि चुनावी प्रतिस्पर्धामा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रन्जु दर्शना, गणेश कार्की,  गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य रहेका छन्।

असार १२, २०८३ शुक्रबार ११:२२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।