केन्द्रीय सदस्यहरूमध्ये स्वर्णिमले सबैभन्दा बढी मत पाउँदा प्रकाश न्यौपानेलाई सबैभन्दा कम
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको बन्द सत्रमा भएको केन्द्रीय सदस्यहरूको निर्वाचन परिणाममा सबैभन्दा बढी मत अर्थमन्त्री समेत रहेका रास्वपा नेता स्वर्णिम वाग्लेले प्राप्त गरेका छन्।
केन्द्रीय निर्वाचन आयोगले इलेक्ट्रोनिक तथा प्रवास अनलाइन मतदान प्रक्रियाबाट निर्वाचित भएका केन्द्रीय सदस्यहरूको आधिकारिक सूचीमा उनले खुलातर्फ सबैभन्दा बढी २ हजार ६५६ मत प्राप्त गरी विजयी भएका हुन्।
यस्तै, दोस्रो स्थानमा कानुनमन्त्री समेत रहेकी नेतृ सोविता गौतमले २ हजार ६४१ मत र तेस्रो स्थानमा शिशिर खनालले २ हजार ५३८ मत प्राप्त गरेका छन्।
सबैभन्दा कम मत पाउनेमा भूगोलतर्फको कर्णाली प्रदेशका केन्द्रीय सदस्यमा निर्वाचित प्रकाश न्यौपाने रहेका छन्। उनले ६३४ मत पाएका छन्।
विभिन्न विधा र समूह अन्तर्गत निर्वाचित केन्द्रीय सदस्यहरूको विस्तृत विवरण निम्नानुसार रहेको छ:
१. राष्ट्रिय खुल्ला समूह (कुल ३२ जना निर्वाचित)
१. डा. स्वर्णिम वाग्ले- २ हजार ६५६ मत
२. सोविता गौतम- २ हजार ६४१ मत
३. शिशिर खनाल- २ हजार ५३८ मत
४. सागर ढकाल- २ हजार ३७६ मत
५. डा. तोसिमा कार्की- २ हजार ३०२ मत
६. रन्जु दर्शना- २ हजार २९३ मत
७. मनिष झा- २ हजार २८१ मत
८. हरी ढकाल- २ हजार २६२ मत
९. कविन्द्र बुर्लाकोटी- २ हजार २२७ मत
१०. विपिन कुमार आचार्य- २ हजार १६९ मत
११. रमेश प्रसाई- २ हजार १६६ मत
१२. विराज भक्त श्रेष्ठ- २ हजार १२३ मत
१३. निशा डाँगी- २ हजार १३२ मत
१४. इन्दिरा राना मगर- २ हजार ०९० मत
१५. गणेश पराजुली- २ हजार ०८७ मत
१६. पुकार बम- २ हजार ०७० मत
१७. जगदीश खरेल (ललितपुर)- २ हजार ०६५ मत
१८. सुलभ खरेल- २ हजार ०४३ मत
१९. यज्ञमणि न्यौपाने- १ हजार ९०३ मत
२०. प्रमोद न्यौपाने- १ हजार ८९२ मत
२१. सस्मित पोखरेल- १ हजार ८६४ मत
२२. रिमा विश्वकर्मा- १ हजार ८४५ मत
२३. राजुनाथ पाण्डे- १ हजार ८४० मत
२४. राजीव खत्री- १ हजार ७४५ मत
२५. समिक्षा बास्कोटा- १ हजार ७३९ मत
२६. गणेश कार्की- १ हजार ७३४ मत
२७. खगेन्द्र सुनार- १ हजार ७३३ मत
२८. असिम शाह- १ हजार ७३० मत
२९. हिमेश पन्त- १ हजार ६५० मत
३०. जगदीश खरेल (दोलखा)- १ हजार ५५२ मत
३१. गीता चौधरी- १ हजार ५३७ मत
३२. लिमा अधिकारी आचार्य- १ हजार ५३६ मत
२. प्रादेशिक प्रतिनिधित्व (भूगोलतर्फ)
कोशी प्रदेश: निशा मेहता (१ हजार ८९१), विश्वराज पोखरेल (१ हजार ४८६), शोभा कार्की (१ हजार २२९), कल्पना थापा (९५१), सुजाता तामाङ (८५६)।
मधेस प्रदेश: सुस्मा बस्नेत (१ हजार ४४१), सुनिता कुमारी चौधरी (१ हजार ३०७), नमिता यादव (१ हजार १५७), मन्जु सिंह (१ हजार ०१३), अंकित कुमार यादव (९६७)।
बागमती प्रदेश: प्रभा ढकाल (१ हजार ५१३), विदुशी राणा (१ हजार ३३७), आकांक्षा पोखरेल (८८०), अनिता श्रेष्ठ (८०९), पार्वती थापा (७५९)।
गण्डकी प्रदेश: पवित्रा थापा (१ हजार ०७६), मनिष खनाल (१ हजार ०५२), सागर भुसाल (१ हजार ०४०), विष्णु कुमारी गुरुङ 'एकता' (८००)।
लुम्बिनी प्रदेश: कल्पना पाण्डे (१ हजार ११७), संगिता ढकाल (१ हजार ११५), ज्ञानु पौड्याल (९१९), देवराज पाठक (८३१), सर्मिला खनाल (६६४)।
कर्णाली प्रदेश: सिता बादी (१ हजार ८१३), विनिता कठायत (१ हजार ५६०), टासी ल्हाङ्गजोम (१ हजार १७५), मेनुका शाही (८२२), प्रकाश न्यौपाने (६३४)।
३. समावेशी समूहगत प्रतिनिधित्व
थारू समूह: करिश्मा कठरिया (१ हजार ३७३), अशोक कुमार चौधरी (१ हजार ३१४)।
मधेसी समूह: बब्लु गुप्ता (१ हजार ४४५), अरविन्द साह (९७०), दीपक कुमार साह (८९३), जुली यादव (१ हजार १९५), कामिनी कुमारी चौधरी (१ हजार ११४)।
दलित समूह: विजय जैरू (१ हजार ३६६), शिव नेपाली (१ हजार २०५), सबिना वि.क. (१ हजार ०२१), खिमा वि.क. (९६८)।
मुस्लिम समूह: समिना मिया (१ हजार ०६५), रहबर अन्सारी (१ हजार ०४७)।
खस/आर्य समूह: सुशान्त वैदिक (१ हजार ५३५), सुदीप ढकाल (१ हजार ४३९), हेमराज भट्ट (१ हजार १४४), प्रदीप विष्ट (१ हजार ०५९), डिल्लिश्वर कार्की 'रोहन' (१ हजार ०२२), प्रकृति ढकाल (१ हजार ५३३), टीका संग्रौला 'ज्वाला' (१ हजार ५२०), क्रान्तिशिखा धिताल (१ हजार ५०४), जमुना शर्मा (१ हजार ०३०), सुशिला कार्की पोखरेल (१ हजार ०१४)।
आदिवासी/जनजाति समूह: मिलन लिम्बु (१ हजार ५३६), शंकर श्रेष्ठ (१ हजार ४९४), मिङ्मा डण्डु शेर्पा (८३४), महेश लामा (८०९), कृष्णमान श्रेष्ठ (७९०), आशिका तामाङ (१ हजार ४५०), अनुष्का श्रेष्ठ (१ हजार ३८०), निशा श्रेष्ठ (१ हजार २६०), कुसुम महर्जन (१ हजार १२८)।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त भुवन केसीका अनुसार यस मतपरिणामसँगै रास्वपाले आफ्नो नयाँ केन्द्रीय समितिको जग बसाल्दै पार्टीका बाँकी पदाधिकारीहरूको चयन प्रक्रिया अघि बढाएको छ।
असार १२, २०८३ शुक्रबार ११:४३:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।