रास्वपा महिला उपसभापतिमा सोविताको उम्मेदवारी, प्रतिभा रावल प्रस्तावक

रास्वपा महिला उपसभापतिमा सोविताको उम्मेदवारी, प्रतिभा रावल प्रस्तावक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो चरणको पदाधिकारीतर्फको चुनावमा महिलातर्फको उपसभापतिमा सोबिता गौतमले उम्मेदवारीदिँदा प्रतिभा रावल प्रस्तावक बसेकी छिन्। सोविता कानुन मन्त्री हुन् भने रावल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुन्। दुवै पार्टीभित्र रवि लामिछाने समूहका नेताका रूपमा परिचित छन्।

रावलले सोविताको प्रस्तावक बसेको भन्दै फेसबुकमै तस्बिर सार्वजनिक गरेकी छिन्। उनले तस्बिरसहित लेखिन् 'विजयी भव:। राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति उम्मेदवार सोबिता गौतमको प्रस्तावक बसेकी छु।'

महाधिवेशन अगाडिसम्म प्रतिभा पनि उपसभापतिको उम्मेदवारको रूपमा चर्चामा थिइन्। तर उनले पदाधिकारीको उम्मेदवार हुन आवश्यक केन्द्रीय सदस्यकै उम्मेदवारी दिइनन्। महिला उपसभापतिमा डा तोसिमा कार्की र इन्दिरा रानाले पनि उम्मेदवारी घोषणा गरेका छन्।

असार १२, २०८३ शुक्रबार ०१:०७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।