रास्वपाको उप-सभापतिमा स्वर्णिमलाई बिराजभक्तले टक्कर दिने !
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको खुलातर्फको एक उपसभापतिका उम्मेदवार स्वर्णिम वाग्ले एकल हुने अनुमान विपरीत विराजभक्त श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। तीन उपसभापति पदमध्ये खुलातर्फ २ पदमा एक महिला अनिवार्य छ भने एक मनोनीत गर्ने प्रावधान रहेको छ। यस अगाडि उपसभापति रहेका वाग्ले स्वाभाविक रूपमा सो पदका उम्मेदवार देखिएका थिए। एकाएक विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालबाट उपसभापतिमा उम्मेदवारी घोषणा गरे।
उनले फेसबुकमा लेखेका छन् 'पहिलो चरणको उत्साहजनक नतिजाको लागि समस्त प्रतिनिधिहरूलाई हार्दिक धन्यवाद तथा नमन। दोस्रो चरणमा उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको छु, पुनः तपाईँहरूको माया र मतको अपेक्षा गरेको छु। जय होस्।'
वाग्लेले उपसभापतिमा उम्मेदवारी घोषणा गरेका छैनन्। उता महिला उपसभापतिमा यस अगाडि चर्चामै नरहेकी डा तोसिमा कार्कीले उम्मेदवारी घोषणा गरेकी छिन्। उनको प्रचार सामग्री प्रधानमन्त्री वालेन्द्र शाह समूहबाटै प्रचार भइरहेको छ। सोविता गौतमले पनि उपसभापतिमा उम्मेदवारी घोषणा गरेकी छिन्।
असार १२, २०८३ शुक्रबार ००:२६:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।