रास्वपाका महाधिवेशन प्रतिनिधि हत्तु भए, पाँचौँ पटक संशोधन भयो निर्वाचन कार्यतालिका

रास्वपाका महाधिवेशन प्रतिनिधि हत्तु भए, पाँचौँ पटक संशोधन भयो निर्वाचन कार्यतालिका

काठमाडौं : तीन दिनमा सक्ने भनेर आइतबार सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन बिहीबार पनि सम्पन्न नहुने भएको छ। चितवनमा तापक्रम बढीरहेकै छ। उता निर्वाचन समितिले पटक पटक गरेर बिहीबार पाँचौँ पटक निर्वाचनको कार्यतालिका संशोधन गरेर पदाधिकारीको मतदान मध्यरात राखेको छ।

१५८ केन्द्रीय सदस्यमध्ये क्ल्स्टर समेत गरेर ९९ जनाका लागि बुधवार मध्यरातबाट बिहीबार मध्यदिनसम्म मतदान गराए पनि मत परिणाम अझैँ सार्वजनिक भएको छैन। दिउस १२ बजे पार्टी सभापति रवि लामिछानेले मतदान गरेपछि मतदान प्रक्रिया सकिएको थियो।

मतदान सकिएको ४ घण्टामा परिणाम दिने दाबी गरे पनि अझैँ मत परिणाम आएको छैन। पहिलो चरणको मत परिणामका आधारमा केन्द्रीय सदस्यहरूमध्येबाट १९ पदाधिकारीमध्ये

एक जना उपसभापति (खुला), एक महिला उपसभापति, एक महामन्त्री (खुला), दुई सह-महामन्त्री (खुला) र एक महिला सहमहामन्त्री गरेर जम्मा ६ जना निर्वाचित हुने विधानको प्रावधान रहेको छ।

केन्द्रीय सदस्यको मतदानमै ४ हजारमध्ये करिब १ हजार ३ सय महाधिवेशन प्रतिनिधि मतदानमा सहभागी भएनन्। उल्टो निर्वाचन समितिले पाँचौँ पटक निर्वाचन कार्यतालिका संशोधन गरेर पदाधिकारीका लागि मतदानको समय बेलुका ९:१५ देखि मध्यरात १२:१५ तोकेको छ।

मध्यरात १२: १५ देखि १:१५ भित्र मतगणना सकेर परिणाम घोषणा गर्ने नयाँ कार्यतालिका आएको छ। कार्यतालिका अनुसार ४:४५ मा पहिलो चरणको निर्वाचनको मत परिणाम सार्वजनिक गर्ने भनिए पनि सार्वजनिक भएको छैन।

असार ११, २०८३ बिहीबार १७:४५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।