प्रवासको मतदान प्रक्रियामा प्रदेश सभापति सहमत, रोकिएको प्रक्रिया अगाडि बढ्यो
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको निर्वाचनमा प्रवासबाट मोबाइलबाट मतदान गर्ने विषयमा सुरु भएको विवादमा सहमति भएको छ। प्रवासका महाधिवेशन प्रतिनिधिहरूले मोबाइल एपबाटै केन्द्रीय समितिका लागि मतदान गराउने तयारी सुरु भए लगत्तै प्रदेशका सभापतिहरूले असहमति जनाएका थिए।
रास्वपाको पहिलो महाधिवेशनमा १ सय ६३ प्रवासका महाधिवेशन प्रतिनिधि रहेको निर्वाचन समितिको दाबी छ। विधानमा प्रवास कमिटीका प्रतिनिधिहरूले विदेशबाटै मोबाइल एपमार्फत मतदान गर्न सक्ने व्यवस्था छ। तर प्रदेश सभापतिहरूले यसमा असहमति जनाएपछि केही समय मतदान प्रक्रिया रोकिए पनि सहमतिपछि अगाडि बढेको छ।
असार ११, २०८३ बिहीबार १६:३०:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।