सिजीको ‘क्यान यु सल्भ द पजल’ प्रतियोगिताको विजेता नुवाकोटका श्याम रिजाल
काठमाडौं : नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन गरेको ‘क्यान यु सल्भ द पजल’ प्रतियोगिताको विजेता घोषणा गरेको छ। यस प्रतियोगितामा नुवाकोटका श्याम रिजाल विजेता बनेका छन्।
सानेपास्थित सिजी इलेक्ट्रोनिक्सको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सिजी ब्रान्डका सेल्स म्यानेजर बद्रीनाथ रायले विजेता रिजाललाई ‘सीजी ब्रिजर २२ एयर कुलर’ हस्तान्तरण गरे।
ग्राहकहरूसँगको अन्तर्क्रिया बढाउने र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कम्पनीले यो प्रतियोगिता सञ्चालन गरेको थियो।
‘एक्सपेरियन्स लाइफ विथ सीजी’ नारालाई आत्मसात गर्दै आगामी दिनहरूमा पनि यस्ता ग्राहकमुखी कार्यक्रमहरू ल्याइरहने प्रतिबद्धता कम्पनीले जनाएको छ।
सिजीका उत्पादनहरू देशभर रहेका २१ वटा ‘सिजी डिजिटल’ शोरुमहरू तथा आधिकारिक बिक्रेताहरूबाट खरिद गर्न सकिनेछ।
असार ११, २०८३ बिहीबार १३:५८:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।